चितवन विशेष

चितवनमा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु,एक घाइते

Banner

चितवन,फागुन १-

चितवनमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ राप्ती नगरपालिका वडा नम्बर ६ मा मोटरसाईकलको ठक्करबाट ४५ बर्षिय कमल चौधरीको मृत्यु भएको हो ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका चौधरीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
टाँडीबाट भण्डारा तर्फ जादै गरेको ना ६० प ३७८१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना ९ प ९६६२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको हो ।

त्यस्तै अर्को मोटरसाईकल सवार २९ बर्षका सन्तोष नेपाल घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>