Breaking News

प्रस्ताव अध्ययन गरेर मात्रै एमालेले महाभियोगबारे निर्णय लिने

Banner

काठमाडौँ, फागुन १-

प्रमुख प्रतिपक्ष एमालेले प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव अध्ययन गरेपछि मात्र निर्णय लिने प्रतिक्रिया दिएको छ।

पहिले प्रस्ताव अध्ययन गर्ने र त्यसपछि पार्टीमा छलफल गरेर प्रतिक्रिया दिने एमाले केन्द्रीय सदस्य एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा महान्यायाधिवक्ता रहेका रमेश बडालले जनकारी दिए ।

उनले महाभियोग प्रस्ताव अचानक आएको टिप्पणी गर्दै अब एमालेले उनीहरुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्छ त भन्ने प्रश्नमा बडालले भने, ‘के गर्न उपयुक्त हुन्छ, हामी छलफलपछि परिपक्व निर्णय लिने छौं।’

पछिल्लो समय एमालेले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भए सर्वोच्चका अरु चार वरिष्ठ न्यायाधीशविरुद्ध पनि महाभियोग दर्ता गर्ने चेतावनी दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>