Breaking News

आयोगबाट मलाई नहटाएको भए अहिलेसम्म सुकुमबासीले लालपुर्जा पाइसक्थेः देवी ज्ञवाली

Banner

चितवन, माघ २९ –

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले भूमी आयोगबाट आफूलाई नहटाएको भए अहिलेसम्म सुकुम्बासीले लालपुर्जा पाइसकेको हुने बताएका छन् । आफूहरुले १२ लाखको रेकर्ड तयार गरिसकेको बताउँदै उनले सकुम्बासीलाई लालपुर्जा दिन त्यसलाई प्रमाणित गरिदिने काम गठबन्धन सरकार आएपछि रोकिएको बताए ।

उनले भने ‘गठबन्धन सरकार आएपछि निस्सा दिने काम पालिकाले रोकेको थियो । आफूले प्रमाणित गर्ने काम यहाँ भरतपुर महानगरपालिकाले गरेको थिएन । आज आएर हामीलाई केन्द्रबाट फालेर हामीले गरेको कामको निरन्तरता बाहेक केही अरु केही बढाइएको छ ? हामी यतिबेलासम्म सरकारमा भएको भए पूर्जै बाँढि सक्थेम । मलाई नहटाएको भए पनि अहिलेसम्म पुर्जा बाँढिसकिन्थ्यो ।’

अहिले भरतपुर महानगरपालिकाले निस्सा बाँडेर लालपुर्जा बाँडेको हल्ला फिँजाइरहेको ज्ञवालीले बताए । ‘तिम्ले फारम भरेर डकुमेन्ट बुझायौ भनेर निस्सा मात्र बाँडिएको छ’ उनले भने ।

‘म भूमि आयोगको अध्यक्ष हुँदा ७५३ वटा पालिका मध्ये ७४७ वटा पालिकासँग मैले यो काम गर्ने भनेर उनीहरुसँग सम्झौता गरेको थिएँ । देशका १२ लाख परिवारको रेकर्ड तयारी गरेको थिएँ । ९ हजार विघा जग्गाको नापजाँचको कामलाई अगाडि बढाएको थिए । यसैका निम्ति प्राविधिक जनशक्ति झण्डै ४०० लाई खटाएको थिएँ । अब यसले पूर्जा बाँड्ने भो भन्ने बित्तिकै नयाँ गठबन्धन सरकारले आफूलाई सबैभन्दा पहिला फाल्यो’ उनले भने ।

आफूले जग लगाइदिएको कामबाट काम सुरु गरेको भए यतिनजेल धेरै मान्छेले पूर्जा पाइसक्ने थिए भन्दै उनले प्रश्न गरे खोइ त अहिलेसम्म पनि एउटा पूर्जा बाँडेको देखिँदैन ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>