Breaking News

माधव नेपालविरुद्ध केपी ओलीको रिट आज पेशीमा चढ्यो

Banner

काठमाडौं,फागुन १-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी खारेज गर्न मागसहित हालेको रिट आइतवार पेशीमा चढेको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आइतवार यो मुद्दाको सुनुवाइ हुने भएको छ। एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक स्थगित हुँदै आएको थियो।

नयाँ दल दर्ताविरुद्ध ओलीले वारिसनामामार्फत गत भदौ १७ गते तीनवटा रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गरिसकेको अवस्थामा निर्वाचन आयोगले मान्यता दिएर नयाँ पार्टी दर्ता गर्नु असंवैधानिक रहेको जिकिर गरिएको थियो। रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो।

रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि माग गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>