Breaking News

आजदेखि देशभरका शैक्षिक संस्था खुल्ने, स्वास्थ्य मापदण्ड अनिवार्य

Banner

चितवन,फागुन १-

देशभरका शैक्षिक संस्थामा आज (आइतबार)देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो।

विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८-१०-२३ को सिफारिस ुविश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुण १ गतेबाट सञ्चालन गर्ने। विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्नेु उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>