चितवन विशेष

एकिकृत समाजवादीले एमसीसी विरुद्ध भोलि चितवनमा विरोध प्रदर्शन गर्ने

Banner

चितवन,माघ २९-

नेकपा एकीकृत समाजवादी चितवनले आइतबार एमसीसी विरुद्ध विरोध प्रर्दशन गर्ने भएको छ । एकीकृत समाजवादी चितवन सम्बद्ध मोर्चा संगठनले भोलि दिउँसो १ बजे भरतपुरको चौबिसकोठीमा प्रदर्शन गर्ने भएको हो । शनिवार एकीकृत समाजवादी चितवनको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रदर्शन बारे जानकारी दिईएको हो ।

पार्टीको केन्द्रीय निर्णय अनुसार नै भोलि चितवनमा प्रदर्शन गर्न लागिएको जिल्ला कमिटी उपसचिव एवं मोर्चा संगठन संयोजक नरेन्द्र कन्दङ्ग्वाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>