चितवन विशेष

चितवनका प्रहरी प्रमुख परिवर्तन, नवराज अधिकारी आउने

Banner

चितवन,माघ २८-

नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ । हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा दिनेश आचार्य र बर्दियामा ईश्वर कार्की कार्यरत थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>