चितवन विशेष

चितवन निर्वाचन क्षेत्र ३ (क) मा राप्रपाको कार्यालय स्थापना, ९ जना पार्टी प्रवेश

Banner

चितवन, माघ २८ –

राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) बागमती प्रदेश सभा चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) को पार्टी कार्यालय उद्घाटन भएको छ । मंगलपुरमा स्थापना गरिएको कार्यालयको राप्रपाकी केन्द्रीय सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् ।

उद्घाटनपछि आउँदै गरेको तीनै तहको चुनावमा चितवनलाई राप्रपामय बनाउन गुरुङले सबैलाई आग्रह गरेकी छन् । कार्यक्रममा ९ जना विभिन्न पार्टीबाट राप्रपा प्रवेश गरेका थिए । माओवादी, कांग्रेस र एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् ।

राप्रपा निर्वाचन क्षेत्र नम्बर ३ (क) का अध्यक्ष पिताम्बर अर्यालको अध्यक्षतामा भएको कार्यक्रम राप्रपा भरतपुर महानगरपालिकाका सचिव सुलभ सिग्देलले सञ्चालन गरेका थिए । कार्यक्रममा राप्रपा प्रदेश सदस्य, ज्ञानुजंग लामा, पूर्व जिल्ला अध्यक्ष रामहरि कँडेल, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>