मनोरञ्जन

प्रणय दिवसमा धमलाको ‘सुनन’ म्युजिक भिडियो सार्वजनिक

Banner

काठमाडौं, माघ २८ –
प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन् । फेबु्रअरी १४ का दिन विश्वभर प्रणय दिवस मनाउने गरिन्छ ।

यसैक्रममा युवा गायक प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । युवा, प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको सो गीतमा गायक धमलाकै शब्द र सङ्गीत रहेको छ ।

शिवम् रसाइलीले यस गीतमा सङ्गीत संयोजन गर्नुभएको हो । अनिल कटुवालले छायाङ्कन र सम्पादन गर्नुभएको उक्त भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय हेर्न सकिन्छ । भिडियोमा ‘द’ डान्स सोर्स समूहकोसमेत प्रस्तुति रहेको छ । म्युजिक भिडियो ओपिडी ट्युन्स नामक च्यानलमार्फत् सार्वजनिक भएको हो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>