Breaking News

यसपटक बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छः ओली

Banner

चितवन,माघ २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिएका छन् ।

२०७४ सालको स्थानीय चुनावमा पनि सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा ठूलो दल भएको दृष्टान्त पेस गर्दै ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो दल हुने दाबी गरे । स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै बहुमत हुने उनको दाबी छ ।

‘संघीयता भन्ने तर स्थानीय तहलाई निष्प्रभावी बनाउन चाहनेहरू छन्’ स्थानीय तह निर्वाचन तयारीबारे प्रशिक्षण उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पनि केही दल स्थानीय तह निर्वाचनको पक्षमा छैनन्, तर हामीले उनीहरूलाई पनि तानेर निर्वाचनमा ल्याउँनुपर्नेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>