चितवन विशेष

बेमौसमी पानीका कारण चितवनमा आलुको उत्पादन घट्ने

Banner

चितवन,माघ २७-

जिल्लामा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यस वर्ष आलु उत्पादन घट्ने बताउनुभयो । उहाँका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । जसमा ३५ हजार ७३२ दशमलव १६ मेट्रिक टन आलु उत्पादन हुने अनुमान कार्यालयको रहेको छ । गत वर्ष सोही क्षेत्रफलमा ३७ हजार ६१३ मेट्रिक टन आलु उत्पादन भएको थियो । गत वर्ष १९ दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यस वर्ष उत्पादकत्व घटेर १८ दशमलव २४ मेट्रिक टनमा आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । उहाँले भन्नुभयो, “आलु थन्क्याउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो ।” जिल्लामा विशेषगरी आलु खेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ । आलु थन्क्याउने समयमा पानी परेसँगै बारीमा रहेको आलुमा कुहिने समस्या देखिने उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>