Breaking News

पहिले एमसीसी पास गरौँ,गठबन्धनबारे पछि सोचौँलाः कांग्रेस

Banner

काठमाडौं,माघ २७-

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहायता परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्नेमा नेताहरु एक देखिएका छन् । कांग्रेस मुख्यालय सानेपामा जारी बैठकमा नेताहरुले एमसीसी पास गरेर जानुपर्ने धारणा राखेको पूर्वमहामन्त्री डा.शशांक कोइरालाले जानकारी दिए । उनले एमसीसीबारे कांग्रेस प्रष्ट रहेको पनि बताए ।

‘बैठकमा एमसीसी पास गर्नुपर्छ भन्ने कुरा नै आयो,’ उनले भने, ‘पाँचसय मिलियन डलर आएको छ । एमसीसीबारे कांग्रेसको धारणा पनि प्रष्ट छ,’ उनले भने, ‘एमसीसीबारे जनतामाझ भ्रम फैलाइयो । अब जनतामाझ गएर बुझाउनुपर्ने छ । एमसीसी नेपालको लागि राम्रो हो नेपालमा अमेरिकी सेना आउने होइन यो कुनै सैन्यरणनीतिसँग जोडिएको पनि होइन ।’ उनले आम जनताको माझ एमसीसीबारेको भ्रम चिर्ने गरी जानेबारे छलफल भएको बताए ।

त्यस्तै नेता डा.रामशरण महतले आजको बैठमा एमसीसीबारे लामो विषय प्रस्तुत गरेका थिए । उनले पनि एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको बताए । पहिले एमसीसी पास गर्ने र त्यसपछि मात्रै सत्तागठबन्धनबारे छलफल गरिने डा. कोइरालाको भनाइ छ ।

‘पहिले एमसीसीलाई संसदबाट पारित गर्नुपर्छ भन्ने भएको छ। त्यसपछि गठबन्धनबारे सोचौँला । एमसीसीलाई यसरी अल्झाइराख्ने पक्षमा कांग्रेस छैन,’ उनले भने, ‘अब पास गरेर जानुपर्छ। बैठकमा एमसीसी पास गरेपछि गठबन्धनबारे सोच्न सकिने कुरा भएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>