चितवन विशेष

फागुन १ गतेदेखि भरतपुरका सबै विद्यालय खुल्ने

Banner

चितवन,माघ २७-

फागुन १ गतेदेखि भरतपुर महानगरपालिकाका विद्यालयहरु खुल्ने भएका छन् । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै १ गतेदेखि विद्यालय संचालन हुने जानकारी दिएको हो ।

कोरोना (कोभिड १९) का कारण पुस अन्तिम साताबाट भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो । कोरोना संक्रमण दर कम हुँदै गएको र विद्यार्थीहरुलाई कोरोनाको खोप लगाउने कार्य भइरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी स्कूल संचालन गर्न भनिएको छ । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले कुनै विद्यालय वा क्षेत्रमा संक्रमण बढेको अस्वस्थामा आवश्यक निर्णय र सहजिकरण गर्ने जिम्मेवारी वडा शिक्षा समितिलाई प्रदान गरिएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>