Breaking News

हिमपातका कारण अवरुद्ध रसुवागढी नाका पुनः सञ्चालनमा

Banner

काठमाडौँ, माघ २७

गत शुक्रबार र शनिबार हिमपातका कारण अवरुद्ध भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ । सञ्चालन भएसँगै चिनियाँ भूभागबाट नौ वटा टेलरमार्फत सामान नेपाल आयात भएको छ ।

सडकमा बाक्लो हिउँ जमेका कारण रोकिएको कन्टेनर हिउँ पग्ल्लिए पछि बुधबारबाट पुनः सञ्चालनमा आएको हो ।

रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौ वटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारी साधनमा पल्टिभई परीक्षणका लागि भन्सार हातामा पठाई सकिएको छ।

चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मङ्गलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>