Breaking News

‘अमेरिकाको एमसीसीले खसी देखाएर फर्सी खुवाउँछ’– चित्र बहादुर के.सी

Banner

काठमाडौं,माघ २६-

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर के.सीले अमेरिकाले नेपालको राष्ट्रियता, स्वाधीनता,एकता र सार्वभौमसत्तामा खलल पुर्‍याउन खोजेको बताएका छन् । बुधबार काठमाडौंको नयाँबानेश्वरमा ६ दल र २ मोर्चालेद्वारा आयोजित संयुक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त्त कुरा बताएका हुन् । दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै विरोध कार्यक्रम गरेका हुन् । के.सीले एमसीसी नेपाल र नेपालीहरुको हितमा रहेको बताएका छन् ।

के.सीले अमेरिकाले सहयोगको नाममा आफ्नो सम्राज्यविस्तार गर्न खोजेको जिकिर गरे । उनले कार्यक्रम बाल्दै भने, ‘अमेरिकाको एमसीसीलेले खसी देखाएर फर्सी खुवाउँछ ।’ केसीले एमसीसी अमेरिकाको एउटा संस्था भएको उल्लेख गर्दै एमसीसीका संन्धि र सम्झौता नेपाल र नेपालीहरुको लागि खतरनाक हुने बताए । अमेरिकाले चीनको सैन्य आर्थिक, प्राविधिक,सांस्कृतिक र सम्रग विकास चर्चा मा आएपछि आफ्नो बज्रश्व जोगाउन एमसीसी लादेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>