Breaking News

निर्वाचनको तयारीमा आयोग व्यस्त, विद्युतीय मतदानको सम्भावनाबारे आज छलफल हुँदै

Banner

काठमाडौँ, माघ २६-

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीमा निर्वाचन आयोग व्यस्त छ ।

स्थानीय तह निर्वाचनका लागि आज निर्वाचन आयोग विद्युतीय मतदानको सम्भावनाबारे आज दिउँसो १ बजे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिन्छ, कि भनेर राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आज आयोगमा बोलाइएको छ ।

त्यसको सम्भावनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ र काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>