Breaking News
मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम तिव्र, चैतभित्र पानी काठमाडौं ल्याउने तयारी

काठमाडौँ, माघ २६-
आगामी चैतभित्र मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने योजनासाथ पुनर्निर्माणको काम अगाडी बढाइएको छ ।
चैतभित्रै काठमाडौंमा पानी ल्याउने गरी हाल १२ वटा डोजर, स्काभेटर र २२ वटा टिप्पर प्रयोग गरेर आयोजनास्थलमा जम्मा भएका गेग्य्रान, बालुवा, ढुङ्गा हटाउने काम गरिएको छ ।
आयोजनास्थल माथि भे्रमाथाङलगायतका क्षेत्रमा अहिले एडीबी र नेपाल सरकारको संयुक्त टोलीले भू–संरचना र जोखिम मूल्याङ्कनको काम गरिरहेको छ। उक्त टोलीको प्रतिवेदन प्राप्त हुनासाथ स्थायी संरचना निर्माणबारे टुङ्गो लाग्ने र अहिले अस्थायी रूपमा उपत्यकामा पानी लैजान काम भइरहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गतेदेखि काम गरिरहेको छ ।
त्यस्तै गत असार १ गतेको बाढीले मेलम्चीको आयोजनाको मुख्य प्रवेशमार्गको आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो भने चनौटेबाट अम्बाथान पुग्ने आठ किमि सडक र पक्की पुल बाढीले पूर्ण रूपमा भत्काएको थियो।



























