चितवन विशेष

भरतपुर २५ मा बिभिन्न व्यक्तिहरुलाई सम्मान

Banner

चितवन, माघ २५ –
भरतपुर महानगरपालिका वडा नम्बर २५ को कार्यलयले एकै दिन ५० जना भन्दा बढी व्यक्तिलाई सम्मान गरेको छ ।

पश्चिम चितवन पत्रकार मंचसंगको अन्तक्रिया कार्यक्रमका अवसरमा वडा भित्रका स्वास्थ्य स्वंयम्सेविका, टोलविकास संस्था, सामुदायिक वनका अध्यक्ष , पश्चिम चितवनका पत्रकारहरु लाई सम्मान गरिएको हो । मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो ।

वडा अध्यक्ष विजय कुमार भुजेलले वडाको विकाससंगै कोभिड कहरमा समेत महत्वपूर्ण भूमिका निवार्ह गरेका सामाजिक संस्था र व्यक्तिलाई हौसलाको निम्ति सम्मान गरिएको बताए ।
पछिल्लो समय सामाजिक संजालमा गलत नियत भएका व्यक्तिहरुले सामाजिक संजालको दुरुपयोग गरी व्यक्तिगत आक्षेप लगाएर भ्रम सिर्जना गर्ने र सामाजिक कार्यमा लागेका व्यक्तिहरुको मनोबल घटाउने काम समेत भैरहेको बताउदै उनले यसप्रति सजग हुन् पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला उद्योग संघका पूर्व अध्यक्ष सोमराज मरहठ्ठा, विशिष्ठ अतिथि पश्चिम चितवन पत्रकार मन्चका अध्यक्ष अपिल घिमिरे लगायतले आआफ्नो धारणा राखेका थिए ।

सो अवसरमा पत्रकारहरुलाई भरतपुर २५ का विभिन्न क्षेत्रको बारेमा जानकारीसहित अवलोकन गराईएको थियो । भरतपुर २५ कृषि र पर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>