Breaking News

प्रतिक्रियावादीहरू माओवादीलाई सखाप पार्न लागेः प्रचण्ड

Banner

काठमाडौँ,माघ २५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लगायतलाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।

आफूहरू रणनीतिक सोचका साथ अगाडि बढेको उनले बताए । ‘साथीहरूमा भ्रम सिर्जना भयो र निस्किने काम भयो । हामीले पनि बुझाउन सकेनौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीहरू एउटा रणनीतिक सोचका साथ अगाडि बढेका छौँ, तत्कालीन स्टेपहरूको पछाडि अर्को दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा साथीहरूले बुझ्दै जानु भएको छ ।’

उनले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । ‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्,’ उनले भने, हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>