Breaking News
चितवन राष्ट्रिय निकुञ्जमा फेरी मृतावस्थामा गैँडा फेला
०

चितवन, २५ माघ
चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उहाँले बताउनुभयो । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























