Breaking News

एमसीसीबारे छलफल गर्न २८ गते बैठक बस्ने तयारी गर्दै माओवादी

Banner

काठमाडौँ, माघ २४-

अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) को विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रीय समितिको बैठक माघ २८ गते बोलाउने तयारी भएको छ।

२७ गते केन्द्रीय समितिका सदस्यहरुलाई सम्पर्क गरेर २८ गतेबाट बैठक बस्ने तयारी गरिएको हो ।

नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीको बारेमा बैठकमा छलफल हुन्छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा एमसीसी परियोजनलाई लेखेको पत्र सार्वजनिक भएपछि त्यसले नेकपा माओवादी भित्र पनि तरंग ल्याएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>