Breaking News
करिब ६ महिना देखि कतारमा उपचारत रहेकी साम्बा भोलि स्वदेश फर्किँदै

काठमाडौँ, माघ २४
कतारस्थित विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा करिब ६ महिनाभन्दा लामो समयको उपचारपश्चात् भालि (मंगलबार) कतारबाट साबित्रा भण्डारी साम्बा स्वदेश फर्किँदै छिन्।
नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ फुटबल क्लबकी फरवार्ड साम्बा कतारमा घुँडाको शल्यक्रिया, फिजियोथेरापी र ग्राउण्ड रिह्याबपछि निको भएर स्वदेश फर्किन लागेकी हुन्। आइतबार भएको अन्तिम परीक्षणमा उनको घुँडामा कुनै समस्या नदेखिएपछि अस्पतालले उनलाई स्वदेश फर्कन अनुमति दिएको हो।
उनले भनिन्, ‘पुरानै अवस्थामा फर्किन कति समय लाग्छ थाहा छैन तर मेरो प्रयास भने छिटोभन्दा छिटो मैदान फर्किने हो । त्यस्तै त्यसको लागि के के गर्ने भनेर डाक्टर र फिजियोले सल्लाह दिइसक्नु भएको उनले जानकारी दिइन् ।
चोट लाग्नुअघि लिगको १० खेलमा ४३ गोल गरेकी साम्बा लिगको उत्कृष्ट फरवार्ड घोषित भएकी थिइन्। राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी साम्बा नेपालको मात्र नभएर दक्षिण एसियाकी उत्कृष्ट फरवार्डका रुपमा परिचित छिन्।



























