Breaking News
बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता जारी
०

काठमाडौं, माघ २३
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी छन् ।
भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका बारेमा छलफल हुने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























