Breaking News
बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक सुरु
०

काठमाडौँ, मााघ २३-
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो ।
निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरुबीचमा पछिल्लो समसामयिक राजनीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























