Breaking News

प्रचण्ड र माधव नेपालले एमसिसीबारे जनतामा भ्रम छरेः रामचन्द्र पौडेल

Banner

काठमाडौं,माघ २३-

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी सम्झौताबारे भ्रम छरेको आरोप लगाएका छन्। आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान आग्रह गरेको उनको भनाइ थियो। पौडेल गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक छन्।

‘मैले गठबन्धन बैठकमा नै भनेः एमसिसीका बारेमा आमजनतालाई कन्भिन्स गराउनुभयो, अब मलाई कन्भिन्स गराउनुस्। होइन भने कार्यान्वयनमा लैजाऔं,’ गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै आज पौडेलले भने, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो। ठूला विकास आयोजना ठप्प छन् यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ।’

अध्यक्ष प्रचण्ड र नेपालले एमसिसीबारे भ्रम छरेको उनको आरोप थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>