Breaking News

एमसीसीमा प्रचण्डको दोहोरो चरित्र छताछुल्ल,पत्र सार्वजनिक गरेको भन्दै आपत्ति जनाए

Banner

काठमाडौं,माघ २३-

एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिकसँगै प्रचण्डको दोहोरो चरित्र पनि छरपष्ट भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर नेताहरूले देखाउँदै आएको दोहोरो चरित्र एकपछि अर्को उदाङ्ग भइरहेका छन् । प्रधानमन्त्री देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक हुनु सबैभन्दा पछिल्लो घटनाक्रम हो ।

चार महिनाअघि दुवै नेताले एमसीसी बोर्डलाई पठाएको पत्रमा संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाइएको छ । पत्रमा एमसीसी सम्झौता संसदबाट पास गराउन आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसका लागि चाररपाँच महिनाको समय दिन आग्रह गरिएको छ । सम्झौता अनुमोदनको दबाब दिन नेपाल भ्रमणमा आएकी एमसीसी बोर्ड उपाध्यक्ष फातिमा सुमारसँगको भेटपछि दुवै नेताले संयुक्त पत्र पठाएको खुलेको छ । पत्रमा बोर्ड उपाध्यक्ष फातिमासँग सम्झौताबारे विस्तृत रूपमा छलफल गरेको र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ । देउवा र प्रचण्डको संयुक्त हस्ताक्षर रहेको पत्रमार्फत सरकार एमसीसी सम्झौताका पक्षमा रहेको र नेपालको आर्थिक विकासमा यसको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको विश्वास दिलाइएको छ ।

गएको असोज १३ अर्थात् सेप्टेम्बर २९ मा एमसीसी बोर्डलाई यस्तो पत्र पठाएको खुलासा प्रधानमन्त्री देउवाले त्यसको एक महिनापछि नै गर्नुभएको थियो । कात्तिक १८ गते ग्लास्गोमा भएको कोप–२६ मा सहभागिता जनाएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले भन्नुभएको थियो, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौँ भनेर अमेरिकालाई पत्र पठाइसकेका छौँ ।’ तर प्रधानमन्त्री देउवाको यो खुलासालाई प्रचण्डले अस्वीकार गर्नुभएको थियो । उहाँले एमसीसी अनुमोदन गर्ने प्रतिबद्धतासहितको पत्र नपठाइएको दाबी गर्दै आउनुभएको थियो । तर देउवा र प्रचण्डको संयुक्त हस्ताक्षर रहेको पत्र सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>