Breaking News

एमसीसीलाई लेखेको पत्र सार्वजनिक गरेकोमा प्रचण्डको आपत्ति

Banner

काठमाडौँ, माग २३-

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि फोनवार्ता भएको हो ।

नेताहरुका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाउदै दाहाल र श्रेष्ठ प्रशन गरे ‘अहिले पत्र सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?

सार्वजनिक भएको पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेको थिए । त्यस्तै सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>