Breaking News
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै एमाले अध्यक्ष ओली
०

काठमाडौँ, माघ २३-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आज बालुवाटार जाँदै छन्। बालुवाटार स्रोतका अनुसार आज अपराह्न ४ बजे बालुवाटारमा भेटवार्ताको समय तय गरिएको छ ।
स्थानीय तहको निर्वाचन र एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो।
ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार छलफलका लागि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली बालाएका हुन् ।
असार २८ मा सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीबाट बहिर्गमन भएका र आज हुँन लागेको प्रतिपक्षी दलका नेताहरुको पहिलो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























