Breaking News

दूधको उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन मन्त्रालयलाई डीडीसीको प्रस्ताव

Banner

काठमाडौँ, माघ २३-

दूधको उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुग्ध विकास संस्थान (डीडीसी)ले प्रस्ताव गरेको छ ।

मन्त्रिपरिषद्ले किसानका लागि दूधको मूल्य वृद्धि गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन मन्त्रालयमा प्रस्ताव गरेको हो । हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको छ।

डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गर्ने गरेको थियो । त्यस्तै मूल्य वृद्धिका लागि डीडीसीले मन्त्रालय सँग प्रस्ताव गरे पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनको भनाई छ ।

त्यस्तै उनका अनुसार प्रतिलिटर मूल्य वृद्धिको १० रुपैयाँबाट सात रुपैयाँ किसानलाई र तीन रुपैयाँ डेरी उद्योगीलाई जाने गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>