Breaking News

प्रदेश १ मा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद्, नयाँ मन्त्रीले लिए शपथ

Banner

विराटनगर,माघ २३-

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिमण्डल १४ सदस्यीय बनाएका छन् । उनले आइतबार आठजनालाई नयाँ मन्त्री नियुक्त गरे । यसअघि १ राज्यमन्त्रीसहित ६ सदस्यी मन्त्रिपरिषद् थियो । ८ जना नयाँ मन्त्री नियुक्त भएपछि प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । जसमा १ राज्यमन्त्री र १३ जना मन्त्री छन् । नयाँ थपिएका मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३ महिनापछि राईले गठबन्धनभित्रका कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट ३–३ तथा नेकपा (माओवादी केन्द्र)बाट २ जनालाई आइतबार नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी, ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम, नेकपा (एकीकृत समाजवादी)बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू तथा माओवादीबाट खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्रिपरिषद्का नयाँ सदस्य हुन् ।

कांग्रेसका थापाले थापालाई वन, वातावरण तथा भूसंरक्षण, सरावगीले उद्योग, श्रम तथा रोजगार र हाङ्गामले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एसका घिमिरेले यातायात व्यवस्था तथा सञ्चार, राईले सामाजिक विकास र लिम्बूले पर्यटन तथा संस्कृति मन्त्रालय सम्हाल्ने अवसर पाए । माओवादीका राई सिँचाई, खानेपानी तथा उर्जा र मगर कृषि मन्त्री बनेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की यथावत छन् । आङ्बो माओवादी केन्द्र र कार्की कांग्रेसबाट मन्त्री बनेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>