Breaking News
फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदन गर्न देउवा र प्रचण्डलाई पत्र
०

काठमाडौँ, माघ २३-
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको दल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्न ध्यानाकर्षण गराउँदै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले पत्र पठाएको छ ।
एमसीसीले आउँदो फागुन १६ भित्र एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्न नेपाललाई पत्र पठाएको हो ।
त्यस्तै यसअघि असोज १३ मा देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै पाँच महिनाको समयसीमा मागेका थिए। त्यो समयसीमा २८ फेब्रुअरी अर्थात १६ फागुनमा सकिँदैछ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























