Breaking News
हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा
०

मकवानपुर, माघ २३-
हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।
जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुन: सञ्चालनमा आएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























