चितवन विशेष
नारायणगढमा एक बेवारिसे शव फेला, खुलेन पहिचान
०

चितवन, माघ १८ –
नारायणगढको कमलनगरमा एक बेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितनका अनुसार आज दिउँसो कमलनगरमा अन्दाजी ४०/४५ वर्षका एक पुरुषको शव फेला परेको हो । स्थानीय तारानाथ पाठकको घर अगाडि पेटीमा उनको शव फेला परेको हो । प्रहरीका अनुसार उनी मागि खाई हिँड्ने व्यक्ति थिए ।
घटनास्थल तथा लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल चितवनको शव गृहमा सुरक्षित राखिएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मृतकको अनुहार देखिने गरी शवको तस्विर सार्वजनिक गरेको छ । मृतकलाई चिन्नुहुने व्यक्तिले प्रहरीलाई खबर गर्न प्रहरी कार्यालयले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























