Breaking News
प्युठानबाट बेहुली लिएर लिवाङ जाँदै गरेको जिप दुर्घटना, ६ को मृत्यु
०

प्युठान,माघ २२-
प्युठान जिल्लाको नौबहिनी गाउँपालिकामा बिहेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्युठान प्रहरीका अनुसार नौबहिनीको लुङबाट बेहुली लिएर प्युठानकै लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको हो ।
ओखरपाटा भन्ने ठाउँमा जिप सडकबाट करिब ३०० मिटर तल झर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । उक्त गाडीमा बिवाहका बेहुला र बेहुलीसहित जन्ति सवार थिए । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा अन्य ७ घाइते भएका छन् । उनीहरुको पनि अवस्था गम्भीर रहेको बताइएको छ ।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























