Breaking News

साझेदारको हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित ३ जना सार्वजनिक

Banner

काठमाडौँ, माघ २१-

मोरङमा आज राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्यामा संलगन तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीन जनालाई सार्वजनिक गरीएको हो ।

प्रकाउ पर्नेमा सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् । उनीहरुलाई आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरीएको हो ।

यीमध्ये मण्डल मुख्य आरोपी हुन् भने अन्य दुई उनका सहयोगीहरु हुन् । उनीहरुलाई राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको थियो । अनुसन्धानबाट कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले हत्या गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>