चितवन विशेष
आज चितवन लगायतका जिल्लामा वर्षा,भोलि देशभर पानी पर्ने
०
चितवन,माघ २०-
पश्चिमी वायुको प्रभावका कारण चितवन लगायतका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । देशका विभिन्न क्षेमा हिमपात पनि भइरहेको छ । बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
महाशाखाका अनुसार पानी पार्ने मौसमी प्रणाली बिहीबारसम्म बागमती प्रदेशसम्म आइपुगेको छ । वर्षाका कारण देशभर चिसो बढेको छ । महाशाखाका अनुसार मौसमी प्रणालीको प्रभाव विस्तारै पश्चिमबाट पूर्वतिर सर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























