Breaking News

मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन,प्रधानमन्त्री देउवाको पुतला दहन

Banner

काठमाडौं,माघ २०-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । बिहीबार अपराह्न त्रिचन्द्र क्याम्पसअगाडि अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् ।

अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेको हो । अनेरास्ववियुले सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाउँदै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएको छ ।

अनेरास्ववियुले बिहीबार बिहान निर्वाचन आयोगमार्फत प्रधानमन्त्री देउवालाई निर्वाचनको मिति घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>