Breaking News
लोकसेवाका स्थगित परीक्षा फागुन ६ देखि हुने
०

काठमाडौं,माघ २०-
कोरोनाभाइरसका कारण स्थगित भएका लोकसेवा आयोगका परीक्षाहरू फागुन ६ देखि सञ्चालन हुने भएका छन् । लोकसेवा आयोगले समय तालिका सार्वजनिक गर्दै स्थगित परीक्षा फागुन ६ बाट सञ्चालन गरिने बताएको हो । आयोगले उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।
आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ । परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्डमा रही आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरिने बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























