चितवन विशेष

भरतपुरको ११ नम्वर वडाले दियो कुमाल समुदायलाई नौमती बाजा

Banner

प्रतिमा कुमाल,

चितवन, माघ १९-

भरतपुर महानगरपालिका वडा नम्वर ११ ले वडाका कुमाल समुदायलाई नौमती बाजा प्रदान गरेको छ । वडामा रहेको कुमाल सांस्कृतिक टोली (नौमती बाजा समूह) लाई वडा कार्यालयले ८० हजार बराबरको बाजा प्रदान गरेको हो ।

कुमाल समुदायले बजाउँदै आएको नौमती बाजाको संरक्षण गर्न सहयोग पुर्याउने उदेश्यले वडाले सहयोग गरेको वडाध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो । सो समुहले विभिन्न प्रतियोगितामा सहभागि भई वडाको नाम उच्च बनाएको उहाँको भनाई छ ।

कुमाल साँस्कृतिक समूहका अध्यक्ष कुलबहादुर कुमालले वडा कार्यालयलाई धन्यवाद दिँदै लोप हुन लागेको नौमती बाजाको संरक्षण गर्न वडाले गरेको पहलकदमीको प्रशंसा गर्नुभयो । नौमती बाजा कुनै एक समुदायको नभई राष्ट्रिय बाजा भएको भन्दै उहाँले यसको संरक्षणमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>