मकवानपुर

हेटौंडामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्य, एक घाइते

Banner

हेटौडा,माघ १९-

मकवानपुरको रातोमाटेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित रातोमाटेमा बुधबार दिउँसो बस र मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार दिउँसो बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका वडा नम्वर–७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका सुवेदीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परेर मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन् । उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>