चितवन विशेष

देवघाटमा अवैध सालको काठ बरामद

Banner

सुवास लामिछाने,

देवघाट,माघ १९-

देवघाटमा अवैध सालको काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय देवघाट तनहुँले गएराती २ बजे देवघाट गाँउपालिका ५ घिनटारबाट अवैध सालको काठ बरामद गरिएको हो । काठ सहित चालक र गाडीलाई समेत नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

७४ थान सालको काठ सहित ना २ च ७३७५ नम्बरको बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरीक्षक सुशिल लामिछानेले जानकारी दिनुभयो ।

सो गाडीमा ४८.९५ क्युफिट काठ रहेको सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख नवराज घिमिरेले बताउनुभयो । थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय तनहुँ पठाउने तयारी भएको घिमिरेले जानकारी दिनुभयो । बरामद काठको बजार मूल्य करिब दुई लाख पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>