Breaking News

‘एमसीसीले गठबन्धन फुट्दैन, कसैले तोड्न नखोजे हुन्छ’

Banner

काठमाडौं,माघ १९-

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्व पार्टी एमालेविरुद्ध एक भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठनको रक्तदान कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमालेले विध्वंश मच्चाउने काम गरेको पनि आरोप लगाए।

अध्यक्ष नेपालले एमालेले संसद् बैठक चल्नै नदिएर विध्वंशकारी भूमिका खेल्दै आएको आरोप पनि लगाएका छन्। देश अब गठबन्धनको राजनीतिमा अगाडि बढ्ने पनि उनले बताएका छन्। आगामी जेठमा स्थानीय तह निर्वाचन हुने बताउँदै नेपालले गठबन्धन फुटाउन भएका अनेक प्रयासबीच स्थानीयदेखि संघीय निर्वाचनसम्म पनि जारी रहने बताए। कसैले गठबन्धन तोड्नुस्, साथ दिन्छौँ भनेर कांग्रेस सभापतिलाई भनेका थिए,उनले एमालेतिर लक्षित गर्दै भने, ‘तर यो गठबन्धन टुट्नेवाला छैन, कसैले टुटाउन खोजे पनि यो टुट्ने फुट्नेवाला छैन।’

अध्यक्ष नेपालले भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लामो छलफल गरेको बताए।  अमेरिकी परियोजना एमसीसीका कारण गठबन्धन फुट्ने कुरामा कुनै सत्यता नरहेको पनि उनले दाबी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>