Breaking News

मापदण्ड विपरीत चुनढुङ्गा निकाल्ने र राजस्व छल्ने दुई उद्योग बन्द, दुई अझै सञ्चालनमा

Banner

पाल्पा, माघ १९-

वन तथा भूसंरक्षण विभागले मापदण्ड विपरीत चलेका खानी बन्द गर्न भनेपछि डिभिजन वन कार्यालय पाल्पाले खानी सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला वन कार्यालय, पाल्पाका प्रमुख दीपक ज्ञवालीका अनुसार मापदण्ड भन्दा धेरै चुनढुङ्गा निकालेर राजस्व छल्ने सिद्धार्थ मिनिरल्स प्रा लि र डोलोमाइड चुनढुंगा उद्योग प्रा लि बन्द गरेको हो ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ तथा ०७५/०७६ मा मापदण्ड भन्दा बढी चुनढुंगा उत्खनन गरेका पाल्पाका ४ खानी उद्योगले झण्डै ७४ करोड बढी रावस्व ठगी गरेको प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको प्रमुख ज्ञवालीले बताए ।

अनुसन्धान आयोगमा मुद्दा दायर भएपनि हाल बढी चुनढुंगा उत्खनन गरेर राजस्व छली गरेका अन्य दुई सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज प्रा लि भने अझै सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>