चितवन विशेष

भरतपुरको आँपटारीमा घरभित्रै बँदेल छिरेपछि…

Banner

चितवन माघ १८-

भरतपुरको आँपटारीमा एक स्थानीयको घरभित्र बँदेल छिरेको छ । आज मंगलबार साँझ स्थानीय चनमाया गुरुङको घरमा बँदेल छिरेको हो । बँदेल छिरेपछि घरभित्र रहेकी चनमाया भाग्न सफल भइन् । उनलाई बँदेलले लडाएको थियो । घर एक तले टिनले छाएको रहेको छ। अहिले बँदेललाई घरभित्रै थुनिएर राखिएको छ । बँदेल घरमै छिरेपछि स्थानीयमा त्रास फैलिएको छ ।

नेपाल प्रहरी, सशत्र प्रहरी, वनरक्षक र डिभिजन वन कार्यालय चितवनका कर्मचारीहरुले घर घेरेर बसेका छन्। वन कार्यालयका रेन्जर लोकनाथ न्यौपानेले राति सबै स्थानीय सुतेपछि बँदेललाई छाड्ने तयारी गरिएको बताए । डाटिङ गरेर घाइते बनाउने संयन्त्र वन कार्यालयसंग नभएको बताउँदै उनले डाटिङ गर्नै परे आउनका लागि चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरिएको बताए । ठूलो बँदेल छिरेको बताउँदै उनले उक्त बँदेल हिंस्रक रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>