चितवन विशेष

चितवनको नारायणगढ-गोन्द्राङ्ग सडक कन्टेनर पल्टियोः चालकको मृत्यु

Banner

चितवन,माघ १७-

भरतपुरमा अनियन्त्रित भई कन्टेनर विजुलको पोलमा ठोकिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिकाका मेघराज खत्री छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा उनको मृत्यु भएको हो।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका–१२ बसन्तचोकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो। चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कन्टेनरले ठक्कर दिँदा दुईवटा बिजुलीका पोलहरु ढलेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>