Breaking News

प्रचण्डको गृह जिल्ला चितवनमा युवासंघ र अखिलले प्रधानमन्त्रीको आधा दर्जन पुत्ला जलाए

Banner

चितवन, माघ १७ –
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनले भरतपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

उनीहरुले प्रधानमन्त्री देउवाको विरुद्धमा चर्काे नाराबाजी गर्दै दर्जनभन्दा बढी पुत्ला दहन गरेका छन् । उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको मसाल जुलुस चौबिसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले मसाल जुलुस खोस्न खोजे पनि छल्दै उनीहरुले चौबिसकोठीसम्म मसाल बालेका थिए ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरिएको युवा संघ चितवनका संयोजक शंकर अधिकारीले बताए ।

विद्यार्थी तथा युवाहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर, संविधानको रक्षा गर, लोकतन्त्रको रक्षा गर लगायतका नारा लगाउँदै उक्त नारा लेखिएका ब्यानर तथा प्लेकार्ड समेत बोकेका थिए ।

कोणसभालाई एमाले चितवनका युवा नेता कमल पाठकले संवोधन गरेका थिए । सो अवसरमा अनेरास्ववियुका केन्द्रीय नेताहरु प्रकाश भट्ट, देव पाठक, युवा संघका केन्द्रीय नेताहरु प्रताप डल्लाकोटी, सुशिल केसी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>