Breaking News

चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने निश्चित : मन्त्रिपरिषदबाट भयो स्वीकृत

Banner

चितवन, माघ १७ –
चितवनमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा केन्द्रीय शिक्षक अस्पताल बनाउने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

भरतपुर महानगरपालिका १५ को भगवानपुरमा ३ सय शैयाको शिक्षक अस्पताल बन्ने छ । अस्पताल निर्माणका लागि सो ठाउँमा भरतपुर महानगरपालिकाले करिब ९ बिघा जग्गा उपलब्ध गराएको छ ।

अस्पतालको निर्माणको काम यसै वर्षबाट सुरु हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘यो भरतपुरवासीका लागि गौरवको विषय हो । यसले मेडिकल सिटी बन्नका लागि भरतपुरमा नयाँ आयाम थपेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>