Breaking News

आलटाल नगरी तत्काल एमसिसी पारित गरौं,राष्ट्रको हितमा छः भट्टराई

Banner

काठमाडौं,माघ १७-

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसिसी सम्झौता तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसिसी सम्झौता आलटाल नगरी पारित गरिनुपर्ने बताउनुभएको हो । भट्टराईले सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने र यो राष्ट्रको हितमा रहेको बताउनुभयो । यसबारे जनतालाई बुझाउनुपर्ने पनि उहाँको भनाइ छ । ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं,’ ट्वीट गर्दै भट्टराईले भन्नुभएको छ, ‘सबै एकमुख भएर जनतालाई बुझाऔं।’

एमसिसीकै बाहनामा सत्तारूढ गठबन्धनमा समस्या उत्पन्न हुन नहुने उहाँले उल्लेख गर्नुभयो । ‘यही बाहनामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्,’ भट्टराई भन्नुहुन्छ, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>