चितवन विशेष

शहीद दिवसको अवसरमा अनेरास्ववियुद्वारा वीरेन्द्र क्याम्समा दीप प्रज्वलन

Banner

चितवन, माघ १६ –
शहीद दिवसको अवसरमा अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्राङ्गणमा दीप प्रज्वलन गरेको छ ।

क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले देश र जनताको हित र अधिकारका लागि जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् विभिन्न लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन त्याग गरेका वीर शहीदको सम्झना र सम्मानका लागि दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको बताए ।

दीप प्रज्वलन गरेपछि विद्यार्थी नेताहरुले अनेरास्ववियु जिन्दावाद, वीर शहीद लाल सलाम, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए ।

अनेरास्ववियुका जिल्ला इन्चार्ज एवम् अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रकाश भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा अनेरास्ववियुका सचिवालय सदस्य देव पाठक, प्रदेश कमिटी सदस्यहरु, सप्तगण्डकी र बालकुमारी क्याम्पसका अनेरास्ववियुका नेता लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>