चितवन विशेष
राप्रपाको सह-महामन्त्रीमा चितवनकी सांसद रीना गुरुङ मनोनित

चितवन,माघ १६-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सह-महामन्त्रीमा चितवनकी सांसद रीना गुरुङ मनोनित भएकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले गुरुङसहित २४ जनालाई पदाधिकारीमा मनोनित गरेका छन् । गुरुङ राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका हुन् । जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् ।
यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् । यस्तै सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राइ मनोनित भएका छन् ।


























